निमुखालाई न्याय र विपन्नलाई आय दिनुपर्छः राज्यमन्त्री लामा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जुम्ला, २२ कात्तिक । उद्योग राज्यमन्त्री रेशमबहादुर लामाले समाजिक न्याय र आर्थिक समृद्धिका लागि निमुखालाई न्याय र विपन्नलाई आय दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।

सन्ध्या फाउण्डेशन नेपालको प्रथम साधारण सभाको उद्घाटन गर्दै उनले स्वदेशमै रोजगारी वृद्धि गर्ने खालका उद्योगलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताए ।

यसैगरी राज्यमन्त्री लामाले जुम्लाका उद्योगी, व्यवसायी र उपभोक्तासँगको अन्तरक्रिया कार्यक्रममा लगानीमैत्री वातावरण सृजना गर्न सरकार लागि परेको बताए ।

सो अवसरमा आरके स्याउ तथा फलफूल डिस्टिलरी उद्योगका सञ्चालक रामकृष्ण चौलागार्इंले औद्योगिक नगर निर्माणमा जोड दिन आग्रह गरे । यसअघि राज्यमन्त्री लामाले उद्योग विकास शाखा जुम्लाका गतिविधि, आर‍.के. स्याउ तथा फलफूल डिस्टिलरी उद्योग, नीलकण्ठ चाना उद्योग र झोला तथा राडीपाखी उद्योग जुम्लाको अनुगमन तथा अवलोकनसमेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *