काठमाडौँमा तरकारीको मूल्य अकासिएपछि सरकारले बोलायो बैठक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ कात्तिक । दुई सातायता तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि भएपछि आमसर्वसाधारण मारमा परेका छन् । अहिले तरकारीको भाउ पाँच वर्षयताकै उच्च रहेको छ ।

बजारमा आलु प्रतिकेजी ७५ रुपैयाँ, गोलभेंडा १५०, बन्दाकोभी १००, तीतेकरेला १५०, काउली १५०, साग मुठाको ५० रुपैयाँ रहेको छ । हरियो तरकारीको अचाक्ली मूल्यवृद्धि भएपछि आमसर्वसाधारण बजार जानै छाडेका छन् ।

तरकारीको मूल्य नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना भएपछि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरोकारवालको बैठक बोलाएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार दिउँसो ३ बजे सिंहदरबारमा बैठक राखिएको छ । बैठकमा काठमाडौँमा तरकारी मूल्यमा भएको वृद्धि नियन्त्रण गर्ने उपायमा छलफल र सम्बद्ध सरोकारवाला पक्षहरूलाई आवश्यक निर्देशन दिने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।  मूल्य बृद्धीको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा बैठक बोलाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *