‘बाहुबली’ की ‘देवसेना’ले अस्विकार गरिन् करणको जोहरको फिल्म

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ कात्तिक । ‘बाहुबली’ की देवसेना अर्थात अनुष्का शेट्टीले बलिउड निर्माता तथा निर्देशक करण जोहरको फिल्म खेल्न अस्विकार गरेकी छन् । केहीदिन अघि मात्रै ‘बाहुबली’ अर्थात प्रभासले पनि करणको फिल्म खेल्न अस्विकार गरेका थिए ।

भारतीय संचार माध्यमहरुका अनुसार करण अनुष्कालाई आफ्नो फिल्मबाट बलिउडमा डेब्यू गराउन चाहान्थे । तर, उनले करणको अफरलाई ठाडै अस्वीकार गरेकी छिन् ।

अनुष्काले समय अभाव देखाउँदै अफर अस्वीकार गरेको बताइएको छ । उनले यसअघि पनि कमल हासनको अफरलाई पनि इन्कार गरेकी थिइन् । यो वर्ष २०११ को कुरा हो, जसले साउथ फिल्म इन्डस्ट्रीमा हलचल मच्चाएको थियो ।

कमल हासनले अनुष्कालाई आफ्नो फिल्म ‘विश्‍वरुपम’ मा लिन चाहेपनि उनले समय नभएकोभ भन्दै अस्विकार गरेकी थिइन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *