संविधानसभा निर्वाचनपछिका ६ कम्युनिस्ट र दुई कांग्रेस सरकार, कसको पालामा कति काम भयो ? (तथ्यसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ कात्तिक । झन्डै दुई सय ५० वर्षको जहानियाँ राजतन्त्रको अन्त्य गर्दै मुलुक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरिएपछि नयाँ संविधान बनाउन संविधानसभाको निर्वाचन भयो । पहिलो संविधानसभा निर्वाचनमा माओवादी पहिलो पार्टी बन्यो र कांग्रेसलाई जनताले दोस्रो स्थानमा सीमित गराइदिए ।

त्यसपछि पहिलो सरकार बन्यो तत्कालीन नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा । दाहाल नेतृत्वको सरकार त्यतिबेला जम्मा २८० दिनसम्म चल्यो । त्यो सरकारको काम संविधान निर्माण गर्ने भए पनि संविधान निर्माण छाडेर नेपाली सेनाका सेनापति परिवर्तनतिर ध्यान दिँदा संविधान निर्माणको काममा खासै प्रगति भएन ।

त्यतिबेला संसद्ले गर्ने काम त गरिरहेकै हो । तर, राजनीतिक नेतृत्वमा जुटाउनुपर्ने सहमतिका लागि मध्यस्थकर्ता बन्नुपर्ने माओवादीले अर्कैतिर ध्यान डुलाउँदा केही प्रगति हुन सकेन । संसद्को प्रयास अध्ययनमा मात्रै सीमित भयो । सो समयमा तत्कालीन अर्थमन्त्री डा.बाबुराम भट्टराईले केही महत्वाकांक्षी काममा हात हाले । केही सफल भए पनि समग्र विकासको गतिमा लाग्ने काम केही हुन सकेन । प्रधानसेनापति परिवर्तनमा चलखेल गर्न थालेपछि २८० औं दिनमा उनी आफैंले राजीनामा दिए ।

उनीपछि आयो एमाले नेता माधवकुमार नेपालको सरकार बन्यो । नेपालको कार्यकालमा न त राजनीतिक विकास भयो, न त मुलुकको समग्र विकास नै । प्रचण्डले बरु केही नहुँदो गरेर भए पनि चर्चामा आएका थिए । तर, नेपालले त त्यही पनि गर्न सकेनन् । उनको कार्यकाल जम्माजम्मी ६२२ दिनसम्म चल्यो । त्यो समयमा पनि न त संविधान बन्न सक्यो न त कुनै विकासको काम नै भयो ।

त्यसपछि सरकार आयो एमाले नेता झलनाथ खनालको । उनको कार्यकाल पनि साइलेन्स पोलिसीमै बित्यो । त्यो समयमा पनि न त मुलुकले संविधान पायो न त विकास नै । त्यसपछि सरकार बन्यो तत्कालीन माओवादी नेता बाबुराम भट्टराईको । भट्टराईले त संविधान बनाउनुको सट्टा उल्टै संविधानसभा नै विघटन गरिदिए । उनको कार्यकालसम्म आइपुग्दासम्म कांग्रेसले सरकारमा नेतृत्व पाएन ।

जब दोस्रो संविधानसभाको निर्वाचन भयो । जनताले कम्युनिस्ट पार्टीबाट विश्वास नगरेर नेपाली कांग्रेसलाई संविधान निर्माणको तालाचाबी बुझाए । कांग्रेसबाट तत्कालीन सभापति सुशील कोइरालाको सरकार बन्यो । त्यही सरकारको पालामा मुलुकले नयाँ संविधान पायो । पाँच वर्षसम्म कम्युनिस्टहरूको सरकारले बनाउन नसकेको संविधान सुशील कोइरालाको सरकारले आफ्नो ६०८ दिने कार्यकालभित्र बनाइदिए ।
त्यसपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले क्रमशः २९७ र ३०० दिन सरकार सञ्चालन गरे । यो कार्यकालमा पनि केही मुलुकले विकास पाउन सकेन । उनीहरूको अहिलेको भोट माग्ने नारालाई पनि यो उनीहरूको कूल २२६६ दिनको कार्यकालमा खासै उल्लेखनीय काम हुन सकेन । नाकाबन्दीमा भारतसँग नझुकेको भनेर ओली राष्ट्रवादी नेता कहलिए । चीनसँगको व्यापारिक सम्झौता भएको भनिए पनि त्यो नियमित प्रक्रिया भएको मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *