चुनावपछि मात्रै पार्टी एकता, तत्काल एमालेसँग एकीकरणको हल्ला निराधार- प्रचण्ड

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन, २७ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको बताएका छन् ।

चितवन ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहेका प्रचण्डले सोमबार पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने जानकारी दिए । उनले विचार मिल्ने पार्टीबीच एकता आवश्यक भएको औँल्याउँदै कांग्रेसलाई पनि विचार मिल्नेसँग एकता गर्न सुझाव दिए ।

चितवन ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका उनले आफ्नो प्रतिस्पर्धी जिल्लामा कोही नरहेको दाबी गरे । ‘कांग्रेसले पनि उम्मेदवार दिएको भए मेरा पनि प्रतिस्पर्धी छन् भन्ने हुन्थ्यो, तर उसले राजतन्त्रको पक्षधरलाई समर्थन गरेपछि मेरा कोही प्रतिस्पर्धी नै छैनन्,’ प्रचण्डले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *