‘टाइगर जिन्दा है’ मा रकेट लन्चर सहित देखिएका सलमान ‘रेस–३’मा पेस्तोलसँग देखिए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ कात्तिक । अहिले सलमान खान निकै व्यस्त छन् । अहिले उनले फिल्म ‘टाइगर जिन्दा है’ को सुटिङ पुरा गरेका छन् । २२ डिसेम्बरमा रिलिज हुने यो फिल्मको ट्रेलर समेत सार्वजनिक भएको छ ।

यो फिल्मको ट्रेलर चर्चित भइरहेको छ । ‘टाइगर जिन्दा है’ को सुटिङ सकिएपछि सलमान अहिले ‘रेस–३’ को सुटिङमा व्यस्त भएका छन् । उनले ‘रेस–३’ को सेटबाट एक तस्विर समेत शेयर गरेका छन् । यसका साथै सलमान अहिले टिभी शो ‘बिग बोस’ को सुटिङमा समेत व्यस्त छन् । सलमानले ‘रेस–३’ को तस्विर शेयर गर्दै सामाजिक संजालमा लेखेका छन्, ‘टाइगर जिन्दा है को सुटिङको अन्तिम दिन र केही बेरमा सुरु हुने रेस–३ को सुटिङको पहिलो तस्विर ।’

यसको केही बेरमा उनले ‘रेस–३’ को सेटबाट एक तस्विर शेयर गरेका छन् । यो तस्विरमा सलमानको नयाँ लुक बाहिरिएको छ । जसमा सलमानको हातमा पेस्तोलले निशाना लगाउँदै गरेको देखिएका छन् ।

‘रेस–३’ मा सलमान, ज्याकलिन फर्नान्डिज, बबी देओल, साकिब सलिम, डेजी शाह, आदित्य पंचोली, पुजा हेगडे, फ्रेडी दारुवाला, अनिल कपुरको अभिनय रहनेछ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *