एआईजी बढुवाका लागि चारजनाको नाम सिफारिस

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

काठमाडौं, २८ कात्तिक । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक पदका लागि चारजनाको नाम सिफारिस भएको छ । बढुवा सिफारिसका लागि बनेको समितिले चार प्रहरी नायव महानिरीक्षकलाई अक्तिरिक्त महानिरीक्षकमा बढुवा गर्न सोमबार सिफारिस गरेको हो ।

समितिले प्रहरी नायव महानिरीक्षकहरू हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकले कार्य प्रगति मूल्यांकनसहितका आधारमा उनीहरूको बढुवा सिफारिस गरेको हो ।

अहिले सिफारिस गरिएकामध्ये केही प्रहरी डीआईजी जुनियर र बढुवाका लागि योग्य नभएको भन्दै असन्तुष्टि बढेको छ । प्रहरीमा अब एआइजीको दरबन्दी प्राविधिक सहित १५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *