कमेडी जनराको ‘फुर्के’ को फस्टलुक सार्वजनिक

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

काठमाडौं, २८ कात्तिक । भद्र भुजेल निर्देशित चलचित्र ‘फुर्के’ को फस्टलुक सार्वजनिक भएको छ । चलचित्रका प्रस्तुतकर्ता एमबी राउतले सामाजिक सञ्जालमार्फत फस्टलुक सार्वजनिक गरेका हुन् ।

चलचित्रको पोस्टरमा तीन कलाकार देखिएका छन् । तीमध्ये दुईले हातमा कुखुराको भाले लिएका छन् । चलचित्र कमेडी जनरामा निर्माण गरिएको छ । चलचित्रको पोस्टर कमल श्रेष्ठले तयार पारेका हुन् ।

‘फुर्के’ मा दीपक ढकाल, सुरेन्द्र बुढाथोकी, सुनिल सिंह, कशिस दाहाल, नैना राना, उतम केसी, सिदान्त लगायतको अभिनय रहेको छ । देबेन्द्र खड्का र मानबहादुर राउत निर्माता रहेको चलचित्रको सह–निर्माता कल्पना मरहठ्ठा शाही, प्रकाश बस्नेत र आशीष रहेका छन् । चलचित्रका कार्यकारी निर्माता बखत बिष्ट हुन् ।

नवीन पन्तको लेखन, विष्णु बरालको छायाँकन, सृजन बरालको नृत्य, रोशन बुधथापा र नरेन्द्र रावलको संगीत, सुवास देवकोटाको सम्पादन रहेका चलचित्र छ । सुनिल मानन्धरले बितरण गर्ने यो चलचित्र १२ माघबाट देशभर प्रदर्शनमा आउँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *