विनोद चौधरीको शास्वत धाममा शशांक कोइराला (तस्विरसहित)

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

काठमाडौं, २८ कात्तिक । केही समय अघि नेपाली कांग्रेस प्रवेश गरेका अर्बपति विनोद चौधरीले कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई शास्वत धाम दर्शन गराएका छन् ।

नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका कोइरालालाई चौधरीले आफुले निर्माण गरेको धामको दर्शन गराएका हुन् । मंगलबार विहान चुनाव प्रचार प्रसारमा निस्कनु अघि कोइराला पुजा गरे ।

पुजा पछि चौधरीले कोइरालालाई धाममा अवलोकन समेत गराएका छन् । कांग्रेसको आर्थिक समृद्धि र विकास समन्वय उपसमिति संयोजक समेत रहेका चौधरी अहिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसको प्रचारमा सक्रिय छन् ।

उनले डेढ बर्ष अघि नवलपरासीमा आधुनिक कालको सबैभन्दा भव्य मन्दिर निर्माण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *