म एमालेको सभासद् थिएँ, तर एमाले कहिलै भइनँ: विनोद चौधरी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ कात्तिक । अर्बपति विनोद चौधरीले आफु कहिलै एमाले नभएको बताएका छन् । केही समय अघि नेपाली कांग्रेस प्रवेश गरेका चौधरीले नवलपरासीमा आयोजित चुनावी सभामा बोल्दै आफु एमालेको सभासद् भएपनि, एमाले भने नभएको बताएका हुन् ।

उनले नवलपारी आफ्नो २५ बर्ष देखि कर्मथलो भएको भन्दै नवलपरासीमा आफुले विकासको राजनीति गरेको बताए । नवलपरासीमा आफुले कहिलै दलगत राजनीति नगरेको उनको भनाई थियो । ‘मैले यहाँ विकासको राजनीति गरेँ । कहिलै दलगत राजनीति गरिनँ,’ उनले भने, ‘धेरैले भन्नुहोला म एमालेको सभासद भएँ, तर कहिलै एमाले भइँन ।’ उनले संसद भएर खेल्नु पर्ने भूमिका खेलेको भन्दै गर्व लाग्ने गरेको बताए ।

उनले कांग्रेसले २०४६ सालमा कांग्रेसले लिएको उदारीकरणको नीतिले नेपालमा उद्योग धन्दाको बाढी आएको बताए । उनले कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासँग काम गर्ने मौका पाएको र त्यही बेला लिइएको नीतिले आजसम्म मुलुकलाई धानेको बताए ।

कांग्रेसले सार्वजनिकरुमा आर्थिक समृद्धीको नेतृत्व लिन आफुलाई आग्रह गरेको बताउँदै उनले अबको आफ्नो काम कांग्रेसलाई नेपालको विकासमा कायापट गर्न सक्ने पार्टीका बनाउने तर्फ केन्द्रीत हुने बताए ।

कांग्रेसको आर्थिक समृद्धि र विकास समन्वय उपसमिति संयोजक समेत रहेका चौधरी अहिले नवलपुर १ का उम्मेदवार तथा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको प्रचारप्रसारमा सक्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *