शेरबहादुरको ‘कान्छी मट्याङ ट्याङ…’ सार्वजनिक

  • 53
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    53
    Shares

काठमाडौं, २८ कात्तिक । आउँदो माघ १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘शेरबहादुर’को पहिलो गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर शेरबहादुरको ‘कान्छी मट्याङ ट्याङ’ बोलको गीत सार्वजनिक गरिएको हो ।

कोशिस क्षेत्रीको शब्द संगीत र स्वर रहेको यस गीतमा मिना निरौलाले कोशीसलाई गायनमा साथ दिइएको छ । सो गीतमा चलचित्रका मुख्य कलाकार मेनुका प्रधान, कर्मा र रविन्द्र झालाई फिचर गरिएको छ ।

‘शेरबहादुर एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको चलचित्र हो । धिराज प्रोडक्सनमा बनेको यस चलचित्रमा सुनिल थापा, कर्मा, मेनुका, रविन्द्रलगायत कलाकारको अभिनय रहेको छ ।

निर्देशक आर राजवंशी रहेका यस चलचित्रका निर्माताका रुपमा वरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *