ब्राजिललाई रोक्न इंग्ल्याण्ड सफल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ कात्तिक । आगमी बर्ष रुसमा हुने विश्वकप फुटबलको तयारी स्वरुप भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा ब्राजिललाई रोक्न इंग्ल्याण्ड सफल भएको छ ।

मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड र ब्राजिलले गोलरहित बराबरी खेलेका हुन् । खेल अवधिभर बलमा नियन्त्रण ब्राजिलको बढी रह्यो । उसले पोस्ट प्रहार पनि धेरैपटक गरेको थियो । तर गोल भने गर्न सकेन । इंग्ल्याण्डले गोल गर्ने मौका कम बनाए पनि ब्राजिलको उत्कृष्ट टिमलाई रोक्न सक्यो, त्यो नै उसको ठूलो सफलता रह्यो ।

यस्तै विश्वकप आयोजक रुसले स्पेनलाई बराबरीमा रोकेको छ । मंगलबार राति भएको मैत्रिपूर्ण खेलमा रुसले स्पेनलाई ३–३ को बराबरीमा रोकेको हो । नवौं मिनेटमा जोर्डी अल्बाले गरेको गोलबाट स्पेनले सुरुवाति अग्रता लियो ।

३५ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै रियल मड्रिडका कप्तान समेत रहेका सर्जियो रामोसले गोल गर्दै अग्रता दोब्बर पारे । ४१ औं मिनेटमा घरेलु टोली रुसका लागि फ्योदोर स्मोलोभले एक गोल फर्काए ।

५१ औं मिनेटमा रुसका एलेक्सी मिरानचुकले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो । तर ५३ औं मिनेटमा रामोसले फेरि पेनाल्टी मार्फत गोल गर्दै स्पेनलाई ३–२ को अग्रता दिलाए । ७० औं मिनेटमा स्मोलोभले रुसका लागि बराबरी गोल फर्काए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *