‘बाहुबली’ को स्टन्ट गरिरहेका यी व्यक्तिलाई हात्तिले हावामा उडाइदियो

  • 175
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    175
    Shares

काठमाडौं, २९ कात्तिक । एसएस राजामौलीको फिल्म ‘बाहुबली’ स्टन्ट गर्दा एक व्यक्तिलाई आपत आइलागेको छ । फिल्मको एक सिनमा प्रभास हात्तीको सुड पक्रिएर टाउको चढ्छन् । यही सिन केरलका एक व्यक्तिले गर्न कोशिश गरे ।

तर हात्तिले उनलाई सुडले फ्याँकीदिएको छ । हात्तिले फ्याँक्दा उनको हड्डी भाँचिएको छ । ती व्यक्तिलाई अहिले अस्पताल भर्ना गराइएको छ । उनको अवस्था गम्भिर रहेको बताइएको छ ।

ती व्यक्तिले पहिले हात्तिलाई खान दिए । त्यसपछि उनी ‘बाहुबली’ को स्टन्ट ट्राइ गर्न लागे । उनले जब हात्तिको सुड पक्रिएर चढ्ने कोशिश गरे तब हात्तिले उनलाई सुडले फ्याँकीदियो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *