पार्टीका उम्मेदवारमाथि शृंखलाबद्ध बम आक्रमणपछि प्रचार प्रसार छाडेर ओली र प्रचण्ड काठमाडौंमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ कात्तिक । एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले कात्तिक २९ गतेदेखि देशका १४ स्थानमा चुनावी सभा आयोजना गर्ने र त्यसलाई केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय गरेको थियो । तर, चुनाव प्रचारलाई बीचमै छाडेर ओली झापाबाट र प्रचण्ड चितवनबाट काठमाडौं फर्किएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टरले बुधबार पौने ६ बजे तीनकुनेस्थित रोयल बैंक्वेटमा आयोजना गर्न लागेको विशेष अन्तरक्रियामा सहभागी हुन ओली र प्रचण्ड काठमाडौं फर्केका हुन् । ओली मंगलबार राति नै काठमाडौं आइपुगेका छन् भने प्रचण्ड बुधबार ।

विशेष अन्तरक्रिया कार्यक्रममा ओली र प्रचण्डले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनको तयारी, एमाले र माओवादी केन्द्रबीच एकीकरणको प्रयास, आफ्ना पार्टीका उम्मेदवारमथि भइरहेको शृंखलाबद्ध बम आक्रमणबारे पार्टी धारणा सार्वजनिक गर्ने भएका छन् ।

हालै पहिलो चरणको निर्वाचनअघि मंसिर ९ गते नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने हल्ला फैलिएपछि त्यसले सिर्जना गरेको घटनाक्रमलाई ओली र प्रचण्डले आज प्रस्ट्याउने भएका छन् । निर्वाचन प्रचार प्रसारको मध्यक्रममा पार्टी एकीकरणको हल्लाले चुनावी अभियानलाई असर पु¥याएको ठम्याइँ दुवै दलले गरेका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले चुनाव बिथोल्ने गरी बम विस्फोटको आतंक सिर्जना गर्दा पनि सरकारले केही गर्न नसकेको भन्दै वाम गठबन्धनका शीर्ष नेताले त्यसबारे सरकारको ध्यानाकर्षण जनाउने भएको बुझिएको छ ।

अाेली र प्रचण्ड हेलिकप्टरमार्फत अाजै गाेरखा र लमजुङमा अायाेजना हुने पाँचवटा संयुक्त चुनावी सभालाई सम्बाेधन गर्न त्यसतर्फ जाने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *