यी हुन् फिल्ममा ‘रिटेक’ नदिएकी बलिउड हिरोइन

  • 135
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    135
    Shares

काठमाडौं, २९ कात्तिक । श्रीदेवी बलिउडकी यस्ती हिरोइन हुन् जसले आफ्नो भूमिका परिपक्व ढंगले निभाउँछिन् । उनी आफूलाई एक टेकमा काम गर्ने अभिनेत्री भन्न रुचाउँछिन् । उनलाई आजसम्म फिल्ममा ‘रिटेक’ दिएको याद छैन ।

‘मलाई आजसम्म फिल्ममा एकभन्दा बढी टेक दिएको याद छैन । मेरो विचारमा पहिलो टेक सबैभन्दा राम्रो हुन्छ किनकी त्यसबेला तपाई आफैं प्रेरित हुनुहुन्छ र त्यसपछिको कोशिश सानो हुँदै जान्छ । म दोस्रो टेकमा भरोसा गर्दिन,’ श्रीदेवीले एक अन्तर्वार्तामा भनेकी छन् ।

उनले आफु भाग्यशाली भएको भन्दै पर्दामा राम्रो भूमिका दिने लेखक, निर्देशक र निर्मातालाई धन्यवाद समेत दिएकी छन् । उनले काम गर्नका लागि मात्रै फिल्म नगरेको सुनाउँदै घरमा पनि म निकै शान्त रहने गरेको बताएकी छन् ।

‘मेरा दुई छोरी छन् । यदी आफ्नो ट्रयाकबाट हटेर केही राम्रो हुन्छ भने म गर्न तयार छु,’ उनले भनेकी छन् । हालसालै प्रदर्शनमा आएको फिल्म ‘मोम’ बाट भने उनले आफूबाट राम्रो काम भएको महशुस गरेको बताइएकी छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *