यी हुन् सबैभन्दा बढी कमाउने १० दक्षिण भारतीय फिल्म

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ कात्तिक । भारतमा अहिले कुनै स्टारको पहिचान उसको फिल्मले गरेको कमाइका आधारमा हुन्छ । बक्स अफिसमा जसको फिल्मले १०० करोड बढी कमाई गर्छ उसलाई स्टार मानिन्छ ।

कमाइको मामलामा अहिले बलिउडलाई दक्षिण भारतीय फिल्मले टक्कर दिइरहेका छन् । तर दक्षिण भारतीय फिल्मको कमाईका बारेमा त्यती धेरै चर्चा हुँदैन । यी हुन् सबैभन्दा बढी कमाउने दक्षिण भारतीय फिल्म, जसले कयौं रेकर्ड राखेका छन् ।

१. बाहुबलीः द कनक्लुजन

२८ अप्रिल २०१७ मा रिलिज भएको एसएस राजामौलीको फिल्म ‘बाहुबली–२’ ले कमाइको मामलामा बलिउड फिल्मलाई पछि पारेको छ । यो फिल्मले २००० करोड रुपैंयाको बिजनेश गरेको थियो ।

२. बाहुबलीः द बिगिनिङ

२०१५ मा रिलिज भएको एसएस राजामौलीको यो फिल्मले प्रभास, अनुष्का, सत्यराज, राणा दुग्गुबाती, राम्या कृष्णनको पहिचान विश्वमा स्थापित गरिदियो । यो फिल्मले ६५० करोड भन्दा बढी कमाएको थियो ।

३. कबाली

रजनीकान्त र राधिका आप्टेको यो फिलम २०१६ मा आएको थियो । यो फिल्मले ३५० करोड कमाएको थियो ।

४. रोबोट

रजनीकान्त र ऐश्वर्या राय बच्चनको फिल्म रोबोटले २९० करोड कमाएको थियो । दक्षिण भारतमा यसलाई एन्थिरनको नामबाट रिलिज गरिएको थियो ।

५. आई

उपेन पटेल, एमी ज्याक्सन र विक्रमको मुख्य भूमिका रहेको यो फिल्म २०१५ मा रिलिज भएको थियो । शंकरको निर्देशनमा बनेको यो फिल्मले २५० करोड कमाएको थियो ।

६. विश्रुपम

२०१३ मा रिलिज भएको कमल हासनको यो फिल्ममा पुजा कुमारले मुख्य भूमिका निभाएका थिए । फिल्मले २४० करोड कमाएको थियो ।

७. दशावतारम

२००८ मा आएको कमल हासनको यो फिल्ममा श्रेयस तलपडे, सचिन खेडकर, रुपाली गागुंलीको मुख्य भूमिका थियो । यो फिल्मले २०० करोड कमाएको थियो ।

८. लिंगा

२०१४ मा आएको यो फिल्मा रजनीकान्त, सोनाक्षी र अनुष्का शेट्टीको मूख्य भूमिका थियो । यो फिल्मले १५५ करोड कमाएको थियो ।

९. थेरी

२०१५ मा रिलिज भएको यो फिल्ममा विजयकुमार र एमी ज्याक्सनको मुख्य भूमिका थियो । यो फिल्मले १५० करोड कमाएको थियो ।

१०. शिवाजी द बोस

रजनीकान्त र श्रीया सरनको यो फिल्म २००७ मा आएको थियो । यो फिल्मले १५० करोड कमाएको थियो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *