यो सिजनको अन्त्यसँगै रोनाल्डोले रियल मड्रिड छोड्ने !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ कात्तिक । फिफा वर्ष खेलाडी क्रिष्टियानो रोनाल्डोले यो सिजनको अन्त्यसँग रियल मड्रिड छोड्ने चाहेको खबर सार्वजनिक भएको ।

उनले रियलसँग नयाँ सम्झौता गर्न समेत अस्विकार गरेको बेलायती पत्रिका द सनले उल्लेख गरेको छ । रोनाल्डोले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई आफूले यो सिजनको अन्त्यसँगै क्लब छोड्न चाहेको बताएको स्पेनिस सञ्चार माध्यमलाई उद्धृत गर्दै द सन खबर प्रकाशित गरेको छ । तर रोनाल्डोले भने सार्वजनिक रुपमा आफू रियल मड्रिडमा खुशी रहेको बताइरहेका छन् ।

स्पेनिस टेलिभिजन एल चिरिन्गुइतोमा काम गर्ने पत्रकार एडु अग्युइरीले भने रोनाल्डो क्लबको अहिलेको अवस्था र नयाँ सम्झौताबाट रुष्ट रहेको दाबी गरेका छन् ।

उनले क्लबका अध्यक्ष पेरेजलाई भेटेर आफूलाई रिजोनेवल प्राइसमा क्लब छोड्ने वातावरण बनाइन दिन आग्रह गरेको दाबी गरिएको छ । आफूलाई क्लबले महत्व नदिएको भन्दै उनले आउँदो जुनको अन्त्यमा रियल मड्रिड छोड्ने मानसिकतामा रहेको दाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *