विना विभागीय मन्त्री शाहीको सलामी मोह, लजमै दैनिक प्रहरीबाट खान्छन् सलामी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ कात्तिक । माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका विना विभागीय मन्त्री महेन्द्रबहादुर शाही कालीकोट (ख) बाट प्रदेश सभाका उम्मेदवार हुन् । माओवादी युद्धमा तत्कालीन डिभिजन कमाण्डर समेत रहेर समानता र मुक्तिका लागि भन्दै युद्ध लडेका शाहीलाई प्रदेश नम्बर ६ का भावी मुख्यमन्त्रीको रुपमा हेरिएको छ ।

अहिले चुनावी प्रचार–प्रसारका लागि हाल कालीकोट सदरमुकाम मान्मामा बसिरहेका छन् । लजमा बसेका उनी हरेक बिहान नेपाल प्रहरीका जवान बोलाएर मन्त्रीको हैसियतमा सलामी खाने गरेका छन् ।

बीबीसी साझा सवालकी प्रस्तोता विद्या चापागाईले कालिकोटबाट पोष्ट गरेको एउटा भिडियोमा विना विभागीय मन्त्री शाहीले आफू बसेको होटलकै प्राङ्गणमा प्रहरीबाट सलामी लिइरहेको देखिन्छ।

सामाजिक सञ्जाल ट्वीटरमा उक्त भिडियो पोष्ट गर्दै चापागाईंले लेखेकी छिन्, ‘सर्वहारा वर्गका मन्त्रीज्यू चुनाव लागेर एक महिना जिल्ला बस्दा पनि होटेलको आँगनमा हरेक बिहान यसरी सलामी ग्रहण गर्नुहुँदो रहेछ । संसारलाई फेर्छु भन्थ्यो,आफैं फेरिएछ‘. ।

यस्तै सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले पनि सडकमै सलामी ग्रहण गरेको तस्विर विद्याले ट्वीट गरेको भिडियोमा मेन्सन भएको छ । नेपाली कांग्रेसका नेता समेत रहेका बस्नेत सुर्खेत–२का प्रदेशसभा उम्मेदवार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *