वैदेशिक रोजागर विभागका महानिर्देशक पाण्डे पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ कात्तिक ।  वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानका आधारमा महानिर्देशक पाण्डेको पनि त्यसमा मिलेमतो देखिएपछि पक्राउ गरिएको अख्तियार श्रोतले जानकारी दियो ।

मंगलबार राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डबाट पौडल र केसी समातिएका थिए । वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *