‘झ्यानाकुटी’को फोटो कन्टेस्ट चर्चामा, धेरै लाइक पाउनेले ५१ हजार रुपैयाँ पाउने

  • 358
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    358
    Shares

काठमाडौं, २९ कात्तिक । आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘झ्यानाकुटी’ले ल्याएको फोटो कन्टेस्टले चर्चा पाएको छ ।

फिल्म युनिटले प्रिती चाउचाउसँगको सहकार्यमा ’झ्यानाकुटी फोटो कन्टेस्ट’ अगाडी ल्याएको थियो । कन्टेस्टमा सहभागी हुनेले प्रेमिका वा श्रीमतीले प्रेमी वा श्रीमानलाई बोकेको तस्वीर फेसबुकमा मेन्सन गर्दै झ्यानाकुटी फेसबुक पेजलाई ट्याग गरेर फेसबुकमा अपलोड गर्नु पर्ने हुन्छ ।

त्यहाँ अपलोड गरिएका तस्वीर मध्य सबैभन्दा बढी लाइक पाउनेले ५१ हजार नगद पनि पाउने छन् । यस कन्टेस्टमा दर्शक त उतिकै सहभागी छन् नै सेलिब्रेटीले पनि उतिकै साथ दिएका चलचित्र युनिटले जानकारी दिएको छ ।

सामाजिक सञ्जालमा सेलिब्रेटीले आफ्नो सहकर्मी वा जोडीलाई बोकेको तस्वीर प्रशस्तै देख्न पाइने सोही चलचित्रबाट निर्माणमा डेब्यु गरेकी नायिका निशा अधिकारीले बताइन् ।

उक्त चलचित्रमा निशासंगै सिमोश सुनुवारको पनि लगानी रहेको छ भने सिमोश नै फिल्मका निर्देशक हुन् । प्रदीप भारद्वाजको कथा रहेको फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, सुमी मोक्तान, एस्टल गुरुङ लगायतको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *